बैशाख २१, २०८१, शुक्रबार
               

सुन तस्करी प्रकरण: उच्चस्तरीय आयोग नबनाउने सत्ता गठबन्धनको निर्णय
आयोगको माग गर्नु भइरहेको अनुसन्धानमा अवरोध पुर्‍याउनु भएको गठबन्धनको ठहर

नेपाल फ्ल्यास
साउन २९, २०८०

ADVERTISEMENT

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनाउने सत्तारूढ गठबन्धनको बैठकले निर्णय गरेको छ ।

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरेको र उच्चस्तरीय आयोगको माग गर्नु अहिले भइरहेको अनुसन्धानमा अवरोध पुर्‍याउनु भएको गठबन्धनको ठहर रहेको बताए । 

सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको प्रसङ्गमा पनि छलफल भएको र छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर दोषी करार गर्न नसकिने र बाँकी अनुसन्धान जारी रहेको कुरा राखेको उनले बताए । त्यस्तै बैठकमा गौर हत्याकाण्डका बारेमा जनता समाजवादी पार्टीले गठबन्धनबाट आफूलाई निसाना बनाउने काम भए गठबन्धन छोड्ने चेतावनी दिएको उनले बताए । 

उपाध्यक्ष पाण्डेले गठबन्धनको आजको बैठकमा बालुवाटार जग्गा प्रकरणबारे अदालतले नीतिगत निर्णयमा फैसला गर्नु उचित नभएको बारेमा छलफल भएको बताए । 
 


कस्तो लाग्यो ?

यो पनि