बैशाख २१, २०८१, शुक्रबार
               

सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको एमालेको आरोप

नेपाल फ्ल्यास
साउन २८, २०८०

ADVERTISEMENT

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचार र सुन तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाएका छन् । साथै, एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने पनि बताए । संसदमा प्रतिपक्षी सांसदहरूलाई आफ्नो कुरा राख्न सत्तारुढ सांसदहरू उठेर अवरोध गरेको आरोप लगाए ।

सत्तारुढ दलले संसदीय छानबिन समिति बनाएर यस विषयलाई टुंग्याउने योजना बनाए पनि आफुहरुलाई स्वीकार्य नभएको ओलीले बताए । संसदीय छानबिन कस्तो हुन्छ पोहोरै देखिएको उनको भनाइ थियो ।  ‘सभापति उनिहरुकै चाहिन्छ, बहुमत उनिहरुकै चाहिन्छ । अनि यो पनि छानबिन गर्नैपर्दैन, त्यो पनि छानबिन गर्नुपर्दैन भन्छ । सुन तस्करीको कहानी नै गलत हो, प्रतिपक्षले बनाएको हो भन्न बेर छैन ।’
 


कस्तो लाग्यो ?

यो पनि