बैशाख २२, २०८१, शनिबार
               

सुरु भयो कांग्रेस संसदीय दलको बैठक

नेपाल फ्ल्यास
साउन २८, २०८०

ADVERTISEMENT

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बसेको हो । बैठक १ बजेबाट संघीय संसद भवनको ल्होत्से हलमा बसिरहेको छ । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए । बैठकमा संसदको गतिरोध, कांग्रेसको भूमिका र जनजीविकाका विषयमा छलफल रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।  

शुक्रबारको बैठकले बाढी पहिरोको प्रकोप, डेंगु र आँखा पाक्ने रोग, लम्पी स्किन नियन्त्रण गर्न सरकारसँग माग गरेको थियो । साथै सांसद सुनील शर्मा पक्राउबारे बैठकमा सांसदहरुले कुरा राखेका थिए । आज बैठकले यसबारे निर्णय लिने पनि बुझिएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि