बैशाख २२, २०८१, शनिबार
               

कांग्रेस-कम्युनिस्ट नबिक्ने र खहरेहरू नटिक्ने नेता कार्कीको तर्क

नेपाल फ्ल्यास
साउन २२, २०८०

ADVERTISEMENT

राप्रपा केन्द्रीय सदस्य दिने कार्कीले अबको चुनावमा कांग्रेस-कम्युनिस्टहरू नबिक्ने र खहरेहरू नटिक्ने तर्क राखेका छन् । 

नवीन राप्रपा अभियानअन्तर्गत सिन्धुलीमा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै राप्रपा केन्द्रीय सदस्य कार्कीले राप्रपा मात्र अब देशको विकल्प भएको दाबी गरे । 

उनले विगतमा राप्रपा सरकारमा गएर राप्रपाले धेरै बनाउन नसके पनि देश नडुबाएको धारणा राखे । उनले भने- 'ठूलठूला भ्रष्टाचारका काण्ड सार्वजनिक भएका छन् । सुन त तस्करी त सामान्य कारोबारी जस्तै भएको छ । ललिता निवास, नक्कली शरणार्थी प्रकरणमा ठूला दलका ठूला नेता नै सामेल भएका छन् । तर राप्रपाले यस्तो खालका कुनै हर्कत गरेको छैन ।' 

कम्युनिस्टहरू कमाउनिस्ट बनेको र कांग्रेसले बिपीको नीति सिद्धान्तविपरीत संवैधानिक राजसंस्थाको मान्यता भुलेको भन्दै उनले अब दुवै दलको सैद्धान्तिक र राजनीतिक हैसियद गुमाइसकेको जिकिर गरे । रास्वपाप्रति लक्षित गर्दै उनले सो दललाई खहरेको संज्ञा दिए ।

उनले राप्रपाले मात्र देशबाट भ्रष्टाचार नियन्त्रण गरी ठालू भ्रष्टाचारीलाई पाता कस्ने उद्घोष गरे ।  उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह भनेर भ्रष्टाचारविरुद्ध सिंहनाद गरेको भन्दै राप्रपा कार्यकर्तालाई गर्वका साथ गाउँबस्तीमा जान अनुरोध गरेका थिए । 

नवीन राप्रपाको अवधारणा अन्तर पार्टी केन्द्रीय सदस्य दिनेश कार्कीलाई सिन्धुलीका तीन स्थानीय तहको जिम्मेवारी दिइएको छ ।दुधौली नगरपालिका, फिक्कल गाउँपालिका र तीन पाटन गाउँपालिकामा कार्की खटिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि