बैशाख २१, २०८१, शुक्रबार
               

केन्द्रीय समिति बैठक लाइभ नगर्ने: माओवादी

नेपाल फ्ल्यास
साउन १७, २०८०

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको लाइभ नगर्ने भएको छ ।

यसअघि बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको थियो । आज बसेको स्थायी कमिटि बैठकले लाइभ नगर्ने निर्णय गरेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।  

धेरैजसो नेताहरूले बैठकको लाइभ गर्ने बारेमा असन्तुष्टि जनाएपछि निर्णय स्थगित भएको हो ।

केन्द्रीय समिति बैठक दिउँसो १ बजेपछि प्रज्ञा भवन कमलादीमा शुरु हुँदैछ ।
 


कस्तो लाग्यो ?

यो पनि