
काठमाडौं । प्रतिनिधिसभाको आज मङ्गलवारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । हिजो सोमवार पनि सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज पुनः सूचना टाँस गर्दै स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ ।
सभामुख देवराज घिमिरेले अर्को बैठक साउन २२ गते सोमवारका लागि बोलाएका छन् । सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग एमालेले गर्दै आएको छ । तर, सत्तापक्ष भने संसद् चलाएर सरकारले जवाफ दिन पाउनुपर्नेमा अडानमा रहेको छ ।