बैशाख २३, २०८१, आइतबार
               

कांग्रेसकै लयमा माओवादी केन्द्र, केन्द्रीय समिति बैठक लाइभ गर्ने

नेपाल फ्ल्यास
साउन १५, २०८०

ADVERTISEMENT

काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्र पनि नेपाली कांग्रेसकै बाटोमा लागेको छ। माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक लाइभ गर्ने निर्णय गरेको छ।कम्युनिष्ट पार्टीका नेताले बैठकमा बोलेका कुरा सार्वजनिक गर्दा नाम बताउन नचाहने गरेको पृष्ठभूमिमा माओवादी केन्द्रले बुधबार सुरु हुन लागेको केन्द्रीय समितिको बैठक सामाजिक सञ्जालमार्फत लाइभ गर्ने जनाएको छ । 

बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए।  ‘पार्टी कार्यकर्ता र हाम्रोबारे चासो राख्नेले सबै कुरा थाहा पाउन सकुन् भनी बैठक लाइभ गर्ने निर्णय गरेका हौं।’ उनले भने । बैठक साउन २१ गतेसम्मका लागि तय गरिएको छ।

यसअघि कांग्रेसले साउन २ देखि १० गतेसम्म बसेको केन्द्रीय समिति बैठक पनि सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण गरेको थियो।
 


कस्तो लाग्यो ?

यो पनि