बैशाख १७, २०८१, सोमबार
               

शंकर पोखरेलको टिप्पणी: नयाँ दल आएपछि विदेशिनेको संख्या झन् बढ्यो

नेपाल फ्ल्यास
साउन ०२, २०८०

ADVERTISEMENT

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ दल आएपछि विदेशीले नेपालीको संख्या झन् बढेको बताएका छन्। 

सामाजिक सञ्जालमार्फत मंगलबार बिहान महासचिव पोखरेलले विदेश जान रोक्छु भन्ने दल आएपछि झन्  विदेश जानेको संख्या बढेको बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ लक्षित गर्दै उनले यस्तो बताएका हुन्। साथै उनले एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्ने बताए। 

‘नेकपा एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ। तर तथ्यहिन रूपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा एमालेलाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो। विदेशमा गएकाहरूलाई देश फर्काउँछौ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए। तर उनीहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि नै विदेशीनेको संख्या झन्बढ्यो। के यसको जिम्मेवारी नेकपा एमालेले नै लिनुपर्ने हो र ?,’ उनले प्रश्न छ। 

महासचिव पोखरेलले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेण्डाका आधारमा ठीक र वेठिक छुट्याउने गरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुने उल्लेख गरेका छन्।

यो पनि