चैत १५, २०८०, बिहीबार
               

प्राज्ञिक विद्यार्थीको राष्ट्रिय अधिवेशन सुरु

नेपाल फ्ल्यास
चैत १८, २०७९

ADVERTISEMENT

प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रिय अधिवेशन धनगढीमा सुरु भएको छ । सम्मेलनको उद्घाटन महालेखा परीक्षक टंकमणि शर्माले उद्घाटन गरेका छन् ।

आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि सुदूरपश्चिमको धनगढीमा आयोजना गरिएको विद्यार्थी परिषद्को नवौँ राष्ट्रिय अधिवेशन शनिबार दिउँसो धनगढीको ॐ पार्टी प्यालेसमा भएको हो ।

शर्माले कार्यक्रममा 'नेपालमा बिस्तारै नैतिकता र इमानदारिताको खडेरी पर्दै गइरहेकोले नैतिकता प्राप्तिका लागि असल आचार, असल कर्म गर्दै अगाडि बढ्ने युवा शक्तिको आवश्यकता रहेको' बताए । साथै समय, धन, र ऊर्जा कसरी प्राप्त गर्ने भन्ने विषयमा चिन्तन गर्नु पर्ने उनले जनाए ।

उनले नेपालको अर्थतन्त्र बिस्तारै कमजोर हुँदै गइरहेको र त्यसको कारण पुँजी अभाव, सीप र रोजगार र उत्पादनको कमी रहेको यथार्थ उल्लेख गरे ।

कार्यक्रममा धनगढी उपमहानगर पालिकाका मेयर गोपी हमाल, प्राध्यापक हेमराज पन्त, नवनिर्वाचित राष्ट्रिय महासचिव विष्णुप्रसाद पङ्गेनी, राष्ट्रिय अध्यक्ष गोपीनाथ कँडेल, राष्ट्रिय सचिव वर्षा सापकोटा, प्रदेश सचिव प्रदीप भट्ट, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचार प्रमुख दीपककुमार अधिकारी, स्तम्भकार श्रीकृष्ण अनिरुद्ध गौतम, सङ्घका राष्ट्रिय प्रचारक वेद प्रकाश, अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन मन्त्री आशिष् चौहानलगायत धनगढीमा शैक्षिक, व्यावसायिक, सामाजिक र आध्यात्मिक व्यक्तित्वहरूको उपस्थिति थियो । 

तीन दिनसम्म सञ्चालन हुने अधिवेशनमा देशभरबाट करिब एक हजार विद्यार्थी सहभागी भएका छन् । अधिवेशनमा देशको वर्तमान शैक्षिक अवस्था सुधारका लागि शैक्षिक प्रस्ताव, वर्तमान सामाजिक, आर्थिक एवम् राजनीतिक अवस्थालाई लिएर समसामयिक प्रस्ताव र आत्मनिर्भर अर्थतन्त्रसम्बन्धी प्रस्ताव पारित गर्ने छ ।

साथै अधिवेशनमा नयाँ कार्यसमिति चयनसँगै विद्यार्थी परिषद्को कार्यविस्तार एवम् विभिन्न साङ्गठनिक विषयमा समेतमा हुनेछ ।

यो पनि