बैशाख १५, २०८१, शनिबार
               

नेपाली र अमेरिकी सेनाबीच ‘ल्यान्ड फोर्स टक’ हुँदै

नेपाल फ्ल्यास
चैत १३, २०७९

फाइल फोटो नेपाली सेनाको वेबसाइटबाट
ADVERTISEMENT

काठमाडौं : नेपालको एसपीपी परियोजना अस्वीकार गरेपछि नेपाल र अमेरिकाबीच पहिलोपटक सैन्य सम्वाद हुँदै छ । 

आजदेखि तीन दिन नेपाल र अमेरिकी उच्च सैन्य अधिकारी सम्मिलित चौथो भूमि बल संवाद (ल्यान्ड फोर्स टक) हुँदै छ। 

काठमाडौंमा हुने दुई देशका उच्च सैन्य अधिकारी सम्मिलित ल्यान्ड फोर्स टक शान्ति स्थापना, सैन्य सहयोग आदानप्रदान, विपद् व्यवस्थापन, नेपाली सेनाका लागि आवश्यक सामग्री सहयोग लगायतमा केन्द्रित हुने भएको छ। 

पहिलो पटक काठमाडौंमा भएको यो संवाद अघिल्लो वर्ष अमेरिकाको हवाइमा भएको थियो। अघिल्लो वर्ष हवाइमा भएको बैठकमा अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सहभागिताबारे नेपालको धारणा मागेको थियो। नेपालमा विरोध भएपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय लिएको थियो। 

अमेरिकाले नेपाली सेनाको सहयोगका लागि एसपीपी योजनालाई अगाडि सारेको थियो। तर, नेपालको अस्वीकारलाई सम्मान गरेको भन्दै अमेरिकाले सैन्य सहयोग यथावत् राख्ने निर्णय गरेको थियो। रुससँग एमआई–१७ हेलिकप्टर किन्ने तयारी रहँदा अमेरिकाले बेल हेलिकप्टर दिने प्रस्ताव गर्दै आएको छ भने नेपालले दुईवटा स्काई ट्रकको प्रस्ताव पेस गरेको छ। 

यसैबीच अमेरिकाले दुई वटा एम २८ ब्लक जिरो फाइभ स्काई ट्रक उपलब्ध गराउने तयारी गरेको छ। तर, यसपटकको संवादमा दुई देशबिचको सैन्य सहकार्यलाई अझ विशेष बनाउनुपर्ने दुवै देशले जोड दिएका छन् 

सेनाले सम्बन्धित सम्पूर्ण निकायहरूसँग आवश्यक समन्वय र तयारी पूरा भइसकेको यस पटकको कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सह सचिव/उप सचिवहरूका साथै नेपाली सेनाका रथी एवं अधिकृतहरू समेटिएको १४ सदस्यीय टोली सहभागी हुनेछ। 

अमेरिकी सेनाको प्यासिफिक कमान्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमान्डमा २२ जनाको टोली सहभागी हुनेछ भने उक्त छलफल कार्यक्रममा नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्नेछन्।


कस्तो लाग्यो ?

यो पनि