बैशाख १२, २०८१, बुधबार
               

पौडेललाई भारतीय राष्ट्रपतिको बधाई

नेपाल फ्ल्यास
फागुन ३०, २०७९

ADVERTISEMENT

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले नेपालको राष्ट्रपतिमा निर्वाचित भएकोमा कांग्रेस नेता रामचन्द्र पौडेललाई बधाई दिएकी छन् । 

घनिष्ठ र मित्रवत् छिमेकीको रूपमा, भारत र नेपालबीच रहेको सौहार्दपूर्ण र बहुआयामिक सम्बन्ध स्मरण गराउँदै भारतीय राष्ट्रपति मुर्मूले भारत सरकार, भारतीय जनता र व्यक्तिगत तर्फबाट पौडेललाई बधाई ज्ञापन गरेकी हुन् ।

'तपाईँको सक्षम मार्गदर्शनमा हाम्रो व्यापक सहयोग अझ सुदृढ हुनेमा म विश्वस्त छु। म हाम्रो द्विपक्षीय साझेदारीलाई थप सुदृढ गर्न तपाईँसँग नजिकबाट काम गर्न तत्पर छु,' मुर्मूले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

यस क्रममा उनले नेपाल र नेपाली जनताको उन्नति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरेकी छन् । नवनिर्वाचित राष्ट्रपति पौडेललाई अस्ट्रेलिया, अमेरिकाका लगायत देशका नेपालस्थित राजदूतहरूले पनि बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि