बैशाख ०८, २०८१, शनिबार
               

राष्ट्रपति निर्वाचन: मतदान जारी, आजै परिणाम आउने

नेपाल फ्ल्यास
फागुन २५, २०७९

ADVERTISEMENT

काठमाडौं : नयाँ राष्ट्रपति चयनका लागि  मतदान जारी छ। संघीय संसद भवन बानेश्वर पुगेर राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गरेका छन्। अर्का प्रत्यासी सुवासचन्द्र नेम्वाङले पनि मतदान गरेका छन् ।

बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ।

राष्ट्रपति निर्वाचनमा एमालेबाट नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्। 

मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेशसभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन्। 

निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ। ५० प्रतिशत मत कटाउन नसके पुनः निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ।राष्ट्रपतिको चुनावको कुल मतभार ५२ हजार ६२८ छ। पहिलो चरणको चुनावबाट विजय बन्नका लागि प्राप्त गर्ने बहुमत २६ हजार ३१५ मतभार चाहिन्छ। 

मतदान सकिएलगत्तै आवश्यक प्रकृया पुरा गरेर आजै मतगणना सुरु गरिने छ।  मतगणनाको परिणाम ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गर्ने अयोगको तयारी छ। राष्ट्रपतिमा निर्वाचित उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिनेछ। 

यो पनि