
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले छोटो समयमा सत्तामा रहँदा नेताले कर्मचारी बिगारेको अनुभव आफूमा भएको जनाएका छन् ।
सरकारबाट बाहिरिएको दुई दिनपछि पूर्व उपप्रधान एवं उर्जामन्त्री लिङ्देनले कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको भनेका छन् ।
छोटो समय सरकारमा रहँदाको बुझाइ भन्दै लिङ्देनले देश बनाउन सकिने विश्वास पनि व्यक्त गरेका छन् । उनले देश बनाउन नसकिने र नबन्ने रहेनछ भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले मुलुक आर्थिक एवं भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा परेको उल्लेख गरेका छन् ।
लिङ्देनले नागरिक समाज आवश्यकभन्दा बढी नकारात्मक भएको टिप्पणीसमेत गरेका छन् ।