बैशाख १४, २०८१, शुक्रबार
               

सांसद चौधरी जेल चलान, उन्मुक्ति पार्टी रुष्ट!

नेपाल फ्ल्यास
माघ २०, २०७९

ADVERTISEMENT

काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचित सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट सांसद निर्वाचित उनी एक दश भन्दा पुरानो मुद्दामा आज जेल चलान भएका हुन् ।

मान्छे कुटेर ट्र्याक्टरमा आगो लगाएको आरोपमा कैलाली जिल्ला अदालतले दोषी करार गरे पनि उनी सजाय भुक्तान नगरी फरार थिए । उनलाई तत्काल पक्राउको लागि गृह मन्त्रालयमा उजुरी परेपछि बिहीबार बाँकेबाट उनी पक्राउ परेका थिए ।

चौधरीलाई आज जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो । १३ वर्ष पछि अदालतको सम्पर्कमा आएका उनलाई आजै कारागार पठाइएको हो ।

उनलाई अदालतले ६ महिना कैदसहित ८ लाख १९ हजार २३ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

२०६६ भदौ ३ मा कैलालीको गोराङ्गा खोलाबाट ढुङ्गा लिएर लम्की जाँदै गएको ट्याक्टरमा चौधरीसहितको टोलीले चालक साजन चौधरीलाई कुटेर आगो लगाएको थियो ।

उक्त घटना पछि ट्याक्टरधनी महादेव बजगाईँले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनीहरूविरूद्ध किटानी जाहेरी दिँदै उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।

यो पनि