बैशाख १६, २०८१, आइतबार
               

अर्थतन्त्रबारे माधव नेपालको चिन्ता, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपाल फ्ल्यास
माघ १७, २०७९

ADVERTISEMENT

नेकपा एकीकृत समाजवादीले महंगी नियन्त्रणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भएको प्रति पनि नेकपा एसले ध्यानाकर्षण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार मंगलबार बिहान एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको आर्थिक–सामाजिक संकटबारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।

बढ्दो मंहगीले मजदुर, किसान र सर्वसाधारण जनताले दैनिकजसो आत्महत्या गर्न थालेको, जनतामा निराशा र राजनीतिप्रति नै वितृष्णा देखिएकोतर्फ चिन्ता व्यक्त गरेका छन् । बढ्दो महँगी नियन्त्रण गर्नसमेत अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग माग गरेका छन्।

ज्ञापनपत्रमा आर्थिक संकट समाधानका लागि देशले अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव पनि दिएका छन् ।

यो पनि