बैशाख १६, २०८१, आइतबार
               

एमसीसी कार्यान्वयनमा चासाे राख्दै अमेरिकी उपमन्त्री

नेपाल फ्ल्यास
माघ १६, २०७९

ADVERTISEMENT

अमेरिकाकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै छिन्।

आइतबार साँझ काठमाडौं आइपुगेकी नुल्यान्डले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने छिन्।

भेट बालुवाटारमा ९:४० मा तय भएको प्रधानमन्त्रीका स्वकीय सचिव सूर्यकिरण शर्माले जानकारी दिए। त्यसपछि अन्य भेटघाटको कार्यक्रम हुनेछ।

उनले ११ बजे सिंहदरबारमा परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग भेट गर्ने छिन्। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि अलगअलग भेट हुने कार्यक्रम छ। 

भेटमा एमसीसी परियोजना कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ। ​त्यसपछि उनले पाटन दरबार स्क्वायरको भ्रमण गर्ने कार्यक्रम तय भएको छ।


कस्तो लाग्यो ?

यो पनि