चैत १६, २०८०, शुक्रबार
               

'कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ'

नेपाल फ्ल्यास
माघ ०२, २०७९

ADVERTISEMENT

माओवादी केन्द्रले एमालेसँग हातेमालो गरेसँगै सबैजसो राजकीय पदहरूबाट हात धुने अवस्थामा पुगेको कांग्रेसका नेताहरू फेरि देशको नेतृत्वमा आफ्नो दल फर्कने दाबी गर्न थालेका छन् र

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले छिट्टै पुनः देशको नेतृत्व लिने बताएका हुन् ।

आइतबार तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आयोजित गोरु जुधाइ मेलाको उद्घाटन कार्यक्रममा उनले भने, “अहिले हामी केही प्राविधिक कारणले सत्ता बाहिर छौँ । बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ । तर, कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ ।”

प्रतिनिधिसभा सदस्यसमेत रहेका महतले देश विकास कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको दाबी गरे । उनले निर्वाचनमा जनताले सर्वाधिक सिट जिताएका दल सरकारबाट बाहिर हुन नमिल्ने तर्क गरे ।

“विभिन्न रूप रङका पार्टीहरू एक ठाउँमा उभिएर सत्ता चलाइरहेका छन् । देशको सर्वाधिक लोकप्रिय पार्टी बाहिर छ । कांग्रेसले आफ्नो ठाउँबाट सरकारलाई जनताको विकास निर्माणको चाहना पूरा गर्न लागि पर्नेछ,” उनले भने ।

गोरु जुधाइ परम्परा सांस्कृतिक, पर्यटकीय महत्त्वको रहेकाले यसलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने प्रवक्ता महतले जोड दिए ।

बागमती प्रदेशसभाका कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सांस्कृतिक महत्त्वको गोरु जुधाइ मेलाले स्थानीय पर्यटनको विकासमा भूमिका खेलेको बताए ।

यो पनि