भदौ २३, २०८१, आइतबार
               

काठमाडौं बाहिर नजान सांसदलाई कांग्रेसको ह्विप

नेपाल फ्ल्यास
पुस २७, २०७९

ADVERTISEMENT

नेपाली काँग्रेसले माघ ९ गतेसम्म काठमाडौं बाहिर नजान आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै काँग्रेसले आफ्ना सांसदहरूलाई उक्त ह्विप जारी गरेको हो ।

यदि काठमाडौं उपत्यका बाहिर जानै परे संसदीय दललाई जानकारी दिनुपर्ने छ । नेपाली काँग्रेसले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो । जबकि एमालेसहितको ७ दलले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका थिए ।

काँग्रेसको मतसहित प्रचण्डले संसद्मा ९९ प्रतिशत मत पाएका हुन् । अब सभामुखको निर्वाचन हुने छ । जसका लागि माघ ३ गते सूचना टाँस गरी तोक्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

त्यस्तै माघ ५ गतेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ। सोही दिन सभामुखको निर्वाचन हुने छ। उपसभामुखको निर्वाचन भने माघ ९ सम्ममा गर्ने तयारी भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि