बैशाख १४, २०८१, शुक्रबार
               

के गर्ला कांग्रेसले विश्वासको मत?

नेपाल फ्ल्यास
पुस २६, २०७९

ADVERTISEMENT

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज  प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन्।

मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले विश्वासको मत लिने सम्बन्धी सूचना हिजोको बैठकमा जानकारी गराए।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए। सोही अनुसार कार्यसूची तय भएको जबराले सदनलाई जानकारी गराएका थिए।

आफूलाई विश्वासका मत दिन भन्दै प्रधानमन्त्री प्रचण्डले हिजो साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए। त्यसका लागि कांग्रेस पनि सकारात्मक रहेको बताइएको छ। उसले आज बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको छ। त्यसपछि कांग्रेसले निर्णय गर्ने संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बताए।गत पुस १० गते काँग्रेससँगको गठबन्धन तोड्दै एमालेसँगको गठबन्धनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए। 


कस्तो लाग्यो ?

यो पनि