बैशाख १२, २०८१, बुधबार
               

दाहालले गृहमा किन ल्याए विवादित व्यक्ति!

नेपाल फ्ल्यास
पुस ११, २०७९

ADVERTISEMENT

प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालयको बागडोर विवादास्पद व्यक्तिलाई दिएका छन् । सामान्यतया सम्बन्धित मन्त्रालयसँग जोडिएको विवादित व्यक्तिलाई सोही मन्त्रालयको साँचो दिइन्न ।

दाहालले राष्ट्रपति विद्या भण्डारीसँग पद तथा गोपनीयताको शपथ सोमबार खाएका छन् । अघिल्लो दुई पटक सुटटाइ लगाएर शपथ खाएका दाहाल यसपटक भने दौरा सुरुवालमा सजिएका थिए ।

प्रधानमन्त्रीको शपथ लगत्तै उपप्रधानमन्त्रीको रूपमा रविसहित तीन जनाले शपथ खाएका थिए । रवि नागरिकता तथा पासपोर्ट विवादमा मुछिएका हुन् ।

आजै प्रधानमन्त्री दाहालले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । त्यसमा ३ उपप्रधानमन्त्री रहेका छन् । प्रधानमन्त्रीपछिको पहिलो मर्यादाको उपप्रधानमन्त्री एमाले नेता विष्णु पौडेल बनेका छन् । उनले अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् । अर्थमा तेस्रोपटक छिरेका पौडेलबाट मुलुकको अर्थतन्त्रले सकारात्मक दिशा समाउने अपेक्षा गरिएको छ । उनी एमाले सुधारवादी छविका हुन् । तत्कालीन नेकपा एकताका सूत्रधार पौडेलले यसपटक पनि नयाँ गठबन्धन बनाउन रणनीतिक भूमिका खेलेका थिए । एमालेभन्दा बाहिरका राजनीतिक शक्ति तथा नेताहरूसँग पनि पौडेलको विशिष्ट सम्बन्ध रहिआएको छ । एमाले अध्यक्षका विश्वासिला पात्रहरू कांग्रेस गठबन्धनको रापमा पिल्सिएर चुनाव हार्दा पौडेल विजयी भएका थिए । 

त्यसपछि दोस्रो रोलक्रममा रहेका उपप्रधानमन्त्री माओवादी नेता नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार पाएका छन् ।

मन्त्रीहरूमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरूको कार्यभार पछि तोकिनेछ । सबै जनाले सोमबार नै शपथ खाएका छन् ।

यो पनि