बैशाख १५, २०८१, शनिबार
               

सत्ता राजनीतिमा उलटपलट, दाहाल बने प्रधानमन्त्री

नेपाल फ्ल्यास
पुस १०, २०७९

ADVERTISEMENT

राष्ट्रपति विद्या भण्डारीले माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

कांग्रेसले पहिलो चरणमा राष्ट्रपति र प्रधानमन्त्री दुवै पद दिन अस्वीकार गरेपछि दाहाल नेकपा एमालेको सहयोगमा प्रधानमन्त्री बनेका हुन् ।

दाहाललाई राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको समर्थन रहेको छ ।आइतबार प्रधानमन्त्री नियुक्त माओवादी केन्द्रका अध्यक्ष दाहालले भोलि शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

दाहाललाई जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेका छन् ।

स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहसमेतले समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा दाहालको पक्षमा १६९ सांसद पुगेका छन् ।

पुरानो सत्ता गठबन्धन टुटेसँगै अब कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, सातै प्रदेशको मुख्यमन्त्रीबाट लगभग हात धुनुपर्ने अवस्था आएको छ ।  

यो पनि