बैशाख २७, २०८१, बिहीबार
               

पूर्वराजाद्वारा जानकी मन्दिरमा पूजाअर्चना, जनकपुरमा भव्य स्वागत

नेपाल फ्ल्यास
पुस ०९, २०७९

ADVERTISEMENT

जनकपुर भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहको भव्य स्वागत भएको छ । 

पूर्वराजा ३ दिनदेखि जनकपुरधाममा रहेका छन् । त्यहाँ रहँदा राजनीतिक एवं सामाजिक क्षेत्रका मानिससँग भेटघाटदेखि पूजाअर्चनामा समेत पूर्वराजा सरिक छन् ।

पूर्वराजाले आज शनिबार बिहान जानकी मन्दिरमा पूजापाठ गरेका छन् । पूर्वमहारानी कोमल पनिले पनि जानकी मन्दिरमा पूजाअर्चना गरेकी थिइन् ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले पूर्वराजालाई सम्मान साथ मन्दिरमा पूजा गराएका थिए । जानकी मन्दिरको तर्फबाट पूर्वराजा ज्ञानेन्द्रलाई चाँदीले निर्मित जानकी मन्दिरको फोटो प्रदान गरिएको थियो ।

पूर्वराजा शुक्रबार जनकपुरधामको गंगासागरमा दैनिक हुने महागंगा आरतीमा पनि सहभागी भएका थिए ।

पूर्वराजा बिहीबार साँझ सडक मार्ग हुँदै जनकपुरधाम पुगेका थिए । पूर्वराजाले शुक्रबार दिनभर शुभेच्छुकहरूसँगको भेटघाट गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि