बैशाख १७, २०८१, सोमबार
               

राष्ट्रपतिसँग जबराको शपथ, सांसदको भोलि

नेपाल फ्ल्यास
पुस ०६, २०७९

ADVERTISEMENT

राप्रपाका नेता एवं प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ खाँदै छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।

संसद् सचिवालयकाका अनुसार नागरिकताको प्रमाणपत्रका आधारमा ज्येष्ठ सदस्य जबराको जन्म विसं १९९८ मंसिर २४ गते रहेको छ। 

सांसद महिन्द्रराय यादव जेठो देखिए पनि उनले आफू कागजी आधारमा मात्र जेठो देखिएको जनाएका छन्।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ।

सांसद जबराले भोलि बिहीबार १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने कार्यक्रम छ। 


कस्तो लाग्यो ?

यो पनि