बैशाख २१, २०८१, शुक्रबार
               

गगनले पार लाउँलान् त दलको नेता?

नेपाल फ्ल्यास
पुस ०५, २०७९

ADVERTISEMENT

लामो छलफलपछि कांग्रेसको संस्थापन इतर समूहले संसदीय दलको नेतामा उम्मेदवारी तय गरेको छ।

नेता शेखर कोइरालाको दाबेदारीलाई पन्छाउँदै गगन थापा सो समूहबाट संसदीय दलको नेता उठ्ने भएका छन्।

कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो। सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो। सो छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको छ।

जो उम्मेदवार बने पनि दलको नेतामा आफू विजयी हुनेमा सभापति एवं प्रधानमन्त्री देउवा ढुक्क देखिएका छन्। पार्टीको केन्द्रीय समितिमा ७० प्रतिशतभन्दा बढी वर्चस्व बनाएका देउवा संसदीय दलमा पनि बलियो छन्। गएको चुनावमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएको कांग्रेसले यसपटक स्थान सुधार गरेको छ। देउवाले त्यसको फाइदा उठाउने छन्। सँगसँगै प्रत्यक्षतर्फ देउवाका धेरै सांसद जित्दा समानुपातिकतर्फ पनि उनकै वर्चस्व छ। 

गगनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गर्ने बताइसकेका छन्। तर रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला जस्ता गुटबाट गगनलाई मत जाने सम्भावना न्यून छ।

कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज अपराह्न मनोनयन दर्ताको समय तोकिएको छ। बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुने कार्यक्रम छ।


कस्तो लाग्यो ?

यो पनि