बैशाख १४, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीमा च्याँखे थाप्दै दाहाल, देउवा पनि ओली कार्ड खेल्दै

नेपाल फ्ल्यास
पुस ०१, २०७९

ADVERTISEMENT

कुर्सी बाहिर बस्दाको छटपटीमा बाँचिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीका लागि च्याँखे दाउ जारी छ।

उनले कांग्रेसले राष्ट्रपति र पहिलोचरणमै आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखिरहेका छन्। त्यसका लागि दाहालले कांग्रेससँग कुरा नमिले एमालेसँग नयाँ ढंगले अघि बढ्ने बताएका छन्। उता, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ओली कार्ड देखाएरै दाहाललाई तर्साइरहेका छन्।

उता, एमालेले कांग्रेससँगको गठबन्धन छोडेर आए प्रधानमन्त्री स्विकार्ने प्रस्ताव माओवादी अध्यक्ष दाहाललाई पठाएको छ।

स्रोतका अनुसार एमाले अध्यक्ष ओली कांग्रेसलाई एक्लो बनाउन दाहाललाई पहिलोपटक सरकारको नेतृत्व सुम्पन चाहन्छन्।

सत्ता गठबन्धन फुटाउन सके संघीय सरकारसहित सबैजसोमा आफ्नो सरकार बनाउन सकिने भएपछि ओलीले नयाँ कार्ड खेलेका हुन्।

बुधबार पोखरामा भएको एक कार्यक्रममा दाहालले आफू सत्ताको नेतृत्वमा पुग्न धेरै समय बाँकी नरहेको बताएका थिए।

यता, दाहाल भने एमालेको प्रस्तावलाई कांग्रेससँग आफ्नो बार्गेनिङ बढाउने टुलको रूपमा प्रयोग गरिरहेका छन्। कतिपय कांग्रेसका नेताहरूले चुनावपछि माओवादीले साथ छोड्ने भविष्यवाणी गर्दै आएका थिए।

सत्ता गठबन्धन नयाँ सरकार गठन हुँदासम्म रहिरहला भन्न सकिने परिस्थिति नरहन सक्छ।


कस्तो लाग्यो ?

यो पनि