बैशाख १६, २०८१, आइतबार
               

अध्यादेशप्रति राप्रपाको चर्को कटाक्ष

नेपाल फ्ल्यास
मंसिर २६, २०७९

ADVERTISEMENT

राप्रपाले कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने जनाएको छ ।

राप्रपा प्रभावशाली नेता एवं प्रवक्ता मोहन श्रेष्ठले नयाँ जनादेश आइसकेको अवस्थामा सरकारले अध्यादेश ल्याउनु अनुचित, अनैतिक  र आपत्तिजनक भन्दै कटाक्ष गरेका हुन् ।

कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने उनले जनाएका छन्ब । प्रवक्ता श्रेष्ठले कामचलाउ अवस्थामा अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रित राजनीतिको फोहोरी सुरुवात भनेका छन् 

फेसबुकमा उनले यस्तो लेखेका छन्

निर्वाचनबाट ताजा जनादेश आइसकेको र केही दिनभित्र नयाँ संसद्को बैठक सुरु हुने अवस्थामा काम चलाऊ सरकारले बदनियतका साथ अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक छ । देउवा नेतृत्वको सरकार बनेको डेढ वर्षसम्म रेशम चौधरीको रिहाइ लक्षित अध्यादेश ल्याउन कुनै अग्रसरता नदेखाएको र अहिले कामचलाउ अवस्थामा अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रित राजनीतिको फोहोरी सुरुवात हो । राष्ट्रपति महोदयले काम चलाऊ सरकारले ल्याएको अध्यादेशलाई रोक्नुपर्छ ।


कस्तो लाग्यो ?

यो पनि