बैशाख ०७, २०८१, शुक्रबार
               

समानुपातिकबाट विजयी सांसद घोषणा कहिले ?

नेपाल फ्ल्यास
मंसिर २६, २०७९

ADVERTISEMENT

निर्वाचन आयोगले समानुपातिकबाट निर्वाचित सांसदहरूको औपचारिक घोषणा आज सोमबार गर्ने तयारी भएको छ ।

आज अन्तिम परिणाम घोषणा गरी २९ गते प्रतिनिधिसभाको निर्वाचन नतिजा आयोगले राष्ट्रपतिलाई बुझाउने छ । 

प्रदेशतर्फको निर्वाचनको नतिजा भने पुस २ गते राष्ट्रपति समक्ष निर्वाचन आयोगले पेस गर्ने भएको छ । 

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते भएको थियो । तीन सातामा अन्तिम परिणाम घोषणा हुन लागेको हो ।

समानुपातिकतर्फ नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र ५ जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ पाएका छन् । 

गत शनिबार दलहरूले आफूले पाएको सिट संख्या अनुसार सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाएका थिए ।

यो पनि