बैशाख १४, २०८१, शुक्रबार
               

राप्रपालाई भोट माग्दै मनिषा कोइराला

नेपाल फ्ल्यास
कात्तिक २५, २०७९

ADVERTISEMENT

चर्चित अभिनेत्री तथा विपी कोइरालाको नातिनी मनिषा कोइरालाले आज कात्तिक २५ गते शुक्रबार राप्रपालाई भोट माग्दै छन् ।

पोखरा र स्याङ्जाको वालिङमा हुने चुनावी सभामा सम्बोधन गरेर उनी काठमाडौंको बसन्तपुरमा हुन‍े सभामा भाग लिने छन् ।

हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा मनिषाले राप्रपाको हलो चिन्हमा भोट माग्ने छन् । तीनवटै सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख अतिथि हुनेछन् । 

अभिनेत्री मनिषा पहिलेदेखि नै राजा र हिन्दु राष्ट्रको पक्षमा थिइन् । राप्रपालाई भोट मागे पनि उनी पार्टी प्रवेश गरेकी भने होइनन् । 

चलचित्र फेरि भेटौलाबाट फिल्म क्षेत्रमा लागेकी मनिषाले बलिउडमा मान र दाम दुबै कमाएकी छन् ।

मनिषा विपी पुत्र प्रकाश कोइरालाको छोरी हुन् ।


कस्तो लाग्यो ?

यो पनि