बैशाख १३, २०८१, बिहीबार
               

भीम रावलको मौनता अर्थपूर्ण

नेपाल फ्ल्यास
असोज २४, २०७९

फाइल फोटो: एमाले महाधिवेशनमा ओलीविरुद्ध खडा भएका भीम रावल।
ADVERTISEMENT

सदैव राजनीतिक टीकाटिप्पणी गरेर नथाक्ने एमाले नेता भीम रावलले टिकट नपाए पनि यतिबेला मौन देखिएका छन् । आक्रामक स्वभावका रावलको मौनता अर्थपूर्ण छ । 

सुरुमा परामर्शमा रहेको बताएका उनले उचित समयमा बोल्ने जनाएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीले टिकट नदिएपछि असन्तुष्ट रहेका नेता रावलले सोमबार सामाजिक सञ्जालमा लेख्दै आफूलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नुलाई भने कुनियत भनेका छन् ।

उनले लेखेका छन्, 'मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको  रूपमा सर्वसम्मत एकल  पठाइँदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु।' 

गत महाधिवेशनमा सर्वसम्मत बन्ने ओली योजनालाई रावलको उम्मेदवारीले धक्का लगाएको थियो । त्यसको प्रतिशोध ओलीले साँधेका छन् ।

यो पनि