बैशाख ०७, २०८१, शुक्रबार
               

माओवादी केन्द्रले पदाधिकारी अझै अनिर्णीत

नेपाल फ्ल्यास
भदौ ०३, २०७९

ADVERTISEMENT

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रवार पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले पदाधिकारी टुङ्गो लगाउने भनिए पनि बैठक निष्कर्ष बिना नै सकिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको बारेमा लगभग टुङ्गो लागिसके पनि निर्णय भने भई नसकेको बताए । उनले आगामी निर्वाचनको विषयमा पनि बैठकमा विस्तृत छलफल भएको बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण पनि पदाधिकारीको टुङ्गो लाग्न नसकेको दाबी गरे । माओवादी केन्द्रको बैठक केही दिनयता पदाधिकारी टुङ्गो लगाउने भन्दै निरन्तर बसिरहेको छ ।

स्थायी कमिटीको अर्को बैठक शनिवार १ बजेका लागि बोलाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि