चैत १६, २०८०, शुक्रबार
               

आज बीपीलाई सम्झँदै कांग्रेस

नेपाल फ्ल्यास
साउन ०६, २०७९

ADVERTISEMENT

नेपाली कांग्रेसले आज आफ्ना संस्थापक नेता बीपी कोइरालाको स्मरण गर्दै छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४० औँ स्मृति दिवसका अवसरमा कांग्रेस र उसका भ्रातृ संगठनले शुक्रवार विभिन्न कार्यक्रम गर्दै छन्।

१९७१ भदौ २४ गते भारतको बनारसमा जन्मिएका उनले आफ्नो जीवनकालमा लामो समयसम्म कांग्रेसको नेतृत्व सम्हाले। नेपालमा १०४ वर्षे राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्नमा बीपीको निकै ठूलो योगदान छ।

२०१५ सालमा पहिलो आमनिर्वाचनमा पार्टीले बहुमत पाएपछि उनी प्रधानमन्त्री बनेका थिए। २०१७ साल पुस १ मा राजा महेन्द्रले ‘कू’ गरी सरकार भङ्ग गरी उनलाई पक्राउ गरेका थिए। 

०२५ कात्तिक १४ गते जेलमुक्त भएपछि उनी भारतमा निर्वासन जीवन बिताउन पुगेका थिए। त्यसको ८ वर्षपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्केका थिए। बीपीको निधन २०३९ साल साउन ६ गते क्यान्सरबाट भएको थियो। 

नेपाली साहित्यमा पनि उँचो स्थान बनाएका उनका नरेन्द्र दाइ​, सुम्निमा, मोदी आइन्, तीन घुम्ती र दोषी चश्माजस्ता कृति चर्चित छन्।


कस्तो लाग्यो ?

यो पनि