बैशाख ०६, २०८१, बिहीबार
               

किन छोडे नेता बिष्टले माओवादी ?

नेपाल फ्ल्यास
फागुन २७, २०७८

ADVERTISEMENT

कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले सांसदसहित नेकपा माओवादी केन्द्र परित्याग गरेका छन् ।

पछिल्लो समयमा उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओ‌लीसँग निकट थिए । उनी माओवादी केन्द्रको कार्यशैली र व्यवहारप्रति असन्तुष्ट रहँदै आएका थिए । 

कर्णालीमा माओवादी केन्द्रबाट सांसद हुँदाहुँदै गैरसांसदलाई छिरिङ डम्डुल लामा अर्थात् कार्चेन लामालाई मन्त्री बनाएपछि उनको असन्तुष्टि चुलिएको थियो । यही परिस्थितिमा उनले पार्टी नै छोडेका हुन् । उनले गैर सा‌सदलाई मन्त्री बनाउन नहुने लबिङ गरेका थिए । माओवादीले एमसीसीबारे लिएको ढुलमुले नीति र अन्तिममा पारित गरेको विषयमा पनि उनी असमत थिए ।

नेता बिष्ट एमाले प्रवेश गर्ने सम्भावना रहेको बताइएको छ । प्रमुख सचेतकसमेत रहेका विष्टले अध्यक्ष प्रचण्ड सुर्खेत आएकै दिन सांसद पद र पार्टी त्यागेको घोषणा गर्नु अर्थपूर्ण मानिएको छ ।

'मैले आजदेखि पार्टी र सांसदबाट राजीनामा दिएको छु,’ उनले भने, ‘तत्कालै अब अर्को पार्टी प्रवेश गर्ने भन्ने विषयमा निर्णय लिएको छैन ।’

कर्णाली प्रदेशमा पछिल्लो समय राजनीतिमा खरो विषयमा आवाज उठाउने, बौद्धिक छवि र जनमतसमेत राम्रो भएका बिष्ट पलायनले माओवादी केन्द्रमा हलचल आएको छ ।


कस्तो लाग्यो ?

यो पनि