बैशाख ०८, २०८१, शनिबार
               

बन्ला त नयाँ समीकरण ?

नेपाल फ्ल्यास
फागुन १३, २०७८

ADVERTISEMENT

एमसीसीबारे छलफल गर्न प्रतिनिधिसभा बैठक शुक्रबार पुनः बस्दैछ ।

प्रतिनिधिसभा बैठक आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।  संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको बैठकको कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख छ । 

अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । 

यसअघि बिहीबार तय भएको बैठक स्थगित भएको थियो । बैठक स्थगित भएपछि नेताहरु छलफलमा जुटेका थिए । यो बीचमा काँग्रेस–एमाले तथा एमाले–माओवादीबीच पनि छलफल भएको छ । 

एमसीसीबारे कांग्रेस र एमाले नेताहरुबीच बिहीबार राति बालुवाटारमा वार्ता भएको छ । शुक्रबार अहिलेको पाँच दलीय सत्ता गठबन्धनकाे अन्त्य हुने वा निरन्तरता पाउनेबारे टुंगो लाग्नेछ । सम्भवत अहिलेको समीकरण टुटने र कांग्रेस-एमालेबीच नयाँ समीकरण बन्ने छ ।

यो पनि