बैशाख १३, २०८१, बिहीबार
               

कांग्रेस केन्द्रीय सदस्यमा देउवा पक्षधरकाे बाहुल्यता

नेपाल फ्ल्यास
पुस ०४, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा देउवा पक्षले ३५ मध्ये २५ जनामा सभापति शेरबहादु देउवा पक्ष विजयी भएका छन् । शेखर कोइराला पक्षले १० जना जितेको छ । 

लाेकप्रिय मत ल्याउने पनि सभापति देउवा निकटकै छन् । कांग्रेस केन्द्रीय सदस्य खुलाका लागि ९९ उम्मेदवारबाट ३५ जना निर्वाचित भएका छन् । आइतबार राति सकिएको मतगणनामा सभापति शेरबहादुर देउवापक्षबाट २५ जना निर्वाचित भएका छन् । 

३५ मध्ये देउवा पक्षबाट २५ जना निर्वाचित भएका हुन् । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए । 

देउवा पक्षबाट विजयीहरू

देउवा पक्षका एनपी साउद, बालकृष्ण खाण, उदयशम्शेर राणा, रामहरी खतिवडा, सुनिलबहादुर थापा, उमेशजङ्ग रायमाझी, कृष्णकिशोर घिमिरे, डा गोपाल दहित, मोहन आचार्य, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, जिपछिरिङ लामा, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, मोहनबहादुर बस्नेत, राजीव ढुंगाना, गणेश लामा, मदन अमात्य, गोविन्द भट्टराई र कुन्दनराज काफ्ले ।


कस्तो लाग्यो ?

यो पनि