बैशाख १५, २०८१, शनिबार
               

सहमति नभएकैले सभापतिमा उठेँ : शेखर कोइराला

नेपाल फ्ल्यास
मंसिर २६, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफूहरूलाई वरिष्ठ नेता रामचन्द्र पौडेर र शशांक कोइरालाको आशीर्वाद रहेको बताएका छन् । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि सभापति छाडेको भए पनि सहमति जुट्न नसकेका कारण पुन: सभापति उठेको दाबी गर्दै उनको आशीर्वाद आफूहरूलाई रहेको बताए । उनले पौडेल कांग्रेसको सम्मानित नेता रहेको बताए । 

‘रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहुन्छ, शशांक कोइराला महामन्त्री हुनुहुन्छ’, कोइरालाले भने, ‘ उहाँहरूको आशीर्वाद हामीले प्राप्त गरेका छौँ । हामीले भेटेका पनि छौँ । सबै टिमलाई उहाँहरूको आशीर्वाद छ ।’

उनले आफूले जिते सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे । 


कस्तो लाग्यो ?

यो पनि