बैशाख ०८, २०८१, शनिबार
               

कस्तो छ टिम देउवा ?

नेपाल फ्ल्यास
मंसिर २५, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको मनोनयन दर्ता गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवा आफैं भृकुटीमण्डपमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

कस्तो छ त टिम देउवा ?  देउवाले आफ्नो उपसभापतिमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई रोजेका छन् । सुनसरीका गच्छदारकाे खासगरी तराईँका जिल्लाहरूमा प्रभाव छ । उनी सुनसरीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भए पनि बालुवाटार जग्गा प्रकरणमा मुद्दा परेपछि उनको पद निलम्बनमा छ । देउवाले आफ्ना विश्वासपात्र पूर्णबहादुर खड्कालाई पनि उपसभापतिमा उठाएका छन् । खड्काको लुम्बिनी र कर्णाली प्रदेशमा राम्रो मत रहेको छ ।

अर्का विश्वासपात्र डा. प्रकाशशरण महत महामन्त्रीको उम्मेदवार बनेका छन् । टिम देउवामा परेका अर्का महामन्त्रीका उम्मेदवार प्रदीप पौडेल हुन् । सिटौला समूहलाई समेट्दा पाैडेललाई महामन्त्रीमा चिठ्ठा परेको हो ।

संस्थापन पक्षका आठ जना सहमहामन्त्रीमा आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय छन् । त्यसैगरी मधेसीमा महेन्द्र यादव र खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रमा जीवनबहादुर शाही उम्मेदवार बनेका छन् । यसमध्ये उमाकान्त चौधरी सिटौला समूहका हुन् ।


कस्तो लाग्यो ?

यो पनि