बैशाख १७, २०८१, सोमबार
               

'पूर्वराजा र युवराज्ञीको फेसबुक र ट्वीटर अकाउन्ट छैन'

नेपाल फ्ल्यास
मंसिर २३, २०७८

ADVERTISEMENT

पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको उनको सचिवालयले स्पष्ट गरेको छ । 

पूर्व राजाको संवाद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वाभाविक भए पनि कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा उल्लेख गरिएको छ । 

सूचनामा भनिएको छ, 'मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन समेत अनुरोध गरिन्छ ।'

त्यस्तै पूर्व युवराज्ञी हिमानी शाहले पनि सामाजिक सञ्जाल नचलाउने सूचनामा जनाइएको छ । 

राप्रपा महाधिवेशनमा पराजयपछि कमल थापाले पूर्वराजा र पूर्वयुवराज्ञीलाई मेन्सन गर्दै 'जथाभावी' ट्वीट गरेको परिवेशमा यस्तो सूचना जारी गरिएको बुझिएको छ । 


कस्तो लाग्यो ?

यो पनि