बैशाख २९, २०८१, शनिबार
               

प्रदेश १ सभापतिमा दुई भोटले हारे गुरु

नेपाल फ्ल्यास
मंसिर २०, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापा विजयी भएका छन् । संस्थापन पक्षका थापाले पौडेल-कोइराला पक्षका गुरुराज घिमिरेलाई दुई मतले हराएका हुन् ।

सोमबार बिहान सार्वजनिक मतपरिणाम अनुसार थापाले ८ सय ४४ मत पाउँदा घिमिरेले ८ सय ४२ मतमा चित्त बुझाए ।  अन्य पदाधिकारीमा पनि संस्थापन पक्षको वर्चस्व छ ।  

उपसभापतिमा रमेशजंग रायमाझी (८९०) र टंक प्रसाद राई (८४७)  मतसहित विजयी भएका छन् ।

त्यस्तै महामन्त्रीमा भूपेन्द्र राई (८२४) र रमेश थापा (८०३) मत ल्याएर निर्वाचित भएका छन् । सहमहामन्त्री महिलातर्फ प्रमिला गच्छदार ८३७ मत ल्याएर विजयी भएकी छिन् ।

सहमहामन्त्री खुल्लातर्फ सर्वाधिक मतसहित खड्ग फागो विजयी भएका छन् । उनले १ हजार २६ मत प्राप्त गरेका छन् । सह महामन्त्रीमा विनोदकुमार बस्नेत पनि ७ सय ४७ मत प्राप्त गरी विजयी बने ।


कस्तो लाग्यो ?

यो पनि