बैशाख १३, २०८१, बिहीबार
               

आरजु बनिन् महाधिवेशन प्रतिनिधि, डडेलधुरा कांग्रेसमा पनि नयाँ नेतृत्व

नेपाल फ्ल्यास
मंसिर ०७, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेस डडेलधुरा सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन् । सातौँ जिल्ला अधिवेशनमा प्रत्याशी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन् ।  निर्माण व्यवसायीसमेत रहेका साउँद परशुराम नगरपालिकाका मेयर पनि हुन् ।

साउदले ७३४ मत प्राप्त गरेका छन् भने ठकुराठीले ७६ मत प्राप्त गरे । उपसभापतिमा लक्ष्मीप्रसाद अवस्थी र डिल्लीराज जोशी चयन भएका छन् भने सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् । 

उपसभापतिद्वय निर्विरोध भएका हुन् भने सचिव पदमा भने निर्वाचन भएको थियो । सचिव पदका उम्मेदवार  चेतराज भट्ट भने पराजित भए । 

सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भएका छन् ।

सर्वसम्मत चयन हुनेमा खुला सदस्यमा अमरगढी नगरपालिकाबाट दुर्लभसिंह झुकाल, हरिप्रसाद अवस्थी र विस्नादेवी गैराल रहेका छन् । परशुराम नगरपालिकाबाट अर्जुनसिंह साउद, दलबहादुर साउद र बसन्ती देवी पाण्डेय छन् ।

आलिताल गाँउपालिकाबाट प्रेमबहादुर पातली र गोमतीदेवी बोहरा चयन भएका छन् भने भागेश्वर गाँउपालिकाबाट उपेन्द्र जोरा र शान्तिदेवी जैसी चयन भए । 

अजयमेरु गाँउपालिकाबाट रामबहादुर विष्ट र ईश्वरी चन्द चयन हुँदा नवदुर्गा गाउँपालिकाबाट नरबहादुर विष्ट र उत्तरा रोश्यारा छानिएका छन् । गन्यापधुरा गाउँपालिकाबाट चन्द्रादेवी विष्ट चयन भएकी छन् । 

महिला खसआर्य तर्फ पशुपतिकुमारी बोहरा, जला विष्ट बोगटी, बसन्ती भण्डारी र लक्ष्मी पनेरु सर्वसम्मत भएका छन् । दलित महिला सदस्यमा दिपा कामी सर्वसम्मत भएकी छन् भने जनजातितर्फ बसन्ती देवी थापा सर्वसम्मत निर्वाचित भएकी छन् । 

डडेलधुराबाट महाधिवेशन प्रतिनिधिमा आरजु राणा देउवा सर्वसम्मत चयन भएकी छन् । खुला महिलाबाट राणासहित चार महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । सरस्वती खड्का, कौशिला भट्ट र कलावती देवी बोहरा पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधि भएका छन् । 

दलित महिला समावेशी महाधिवेशन प्रतिनिधिमा हरिनादेवी कामी र दलित पुरुष समावेशी महाधिवेशन प्रतिनिधिमा सन्तोष जैरु सर्वसम्मत भए ।

समावेशी जनजाति महाधिवेशन प्रतिनिधिमा बलबहादुर गुरुङ र समावेशी अपांग अल्पसंख्यकतर्फ जय प्रकाश भट्ट सर्वसम्मत भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि