चैत १६, २०८०, शुक्रबार
               

२४ दिनपछि इजलास फर्कदै न्यायाधीश, प्रधानन्यायाधीशले तोके इजलास

नेपाल फ्ल्यास
मंसिर ०३, २०७८

ADVERTISEMENT

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरू आज इजलास फर्कदै छन् । 

उनीहरू २४ दिनपछ इजलास फर्कन लागेका हुन् । प्रधानन्यायाधीशले आज १० वटा इजलास गठन गरेका छन् । उनले आफूलाई इजलासमा राखेका छैनन् ।

सर्वोच्चमा गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने प्रक्रिया सुरु हुने भएपछि इजलास फर्किन तयार भएका हुन् । सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट)ले गोलाप्रथाबाट मुद्दाको पेसी तोक्नेसम्बन्धी नियमावली र निर्देशिका हिजो स्वीकृत गरेको थियो । 

यता प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले छेडेको आन्दोलन भने अब तुहिने सम्भावना प्रबल बन्दै गएको छ । 


कस्तो लाग्यो ?

यो पनि