बैशाख १४, २०८१, शुक्रबार
               

खोटाङ कांग्रेसमा प्यानलै प्यानल !

नेपाल फ्ल्यास
मंसिर ०३, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेस खोटाङको क्षेत्रीय कार्यसमिति (प्रदेश क र ख) को अधिवेशनमा चार वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।

शुक्रबार आज हुने क्षेत्रीय कार्यसमितिको अधिवेशनका लागि चुनावी दौडमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र नेताहरू कृष्णप्रसाद सिटौला/गगन थापा निकट चार प्यानल चुनावी मैदान छन् । 

जिल्ला सभापतिमा पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्वसभापति विष्णुकुमार राई, महासमिति सदस्य रविप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई आकांक्षी देखिए पनि उनीहरूले एक/एक वटा क्षेत्रमा मात्र आफ्ना उम्मेदवार उभ्याएका छन् ।

जिल्ला सभापतिको दौडमा रहेका पूर्वराज्यमन्त्री सर्वधन र महासमिति सदस्य रविप्रकाश केन्द्रमा सभापति देउवासँग नजिक मानिन्छन् । पूर्वसभापति विष्णुकुमार पौडेल र महाधिवेशन प्रतिनिधि भूपेन्द्र सिटौला/गगन थापासँग नजिक मानिन्छन् । 

सर्वधनको टिमले कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश क) मा भक्तजङ राईलाई सभापतिमा उठाएको छ । उपसभापतिमा दिलिपराजा गिरी र उद्धव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सहसचिवमा मनकुमार तामाङ र मकर राईलाई उम्मेदवार बनाएको छ ।

कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको टिमबाट क्षेत्रीय कार्य समिति (प्रदेश क) को सभापतिमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सहसचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल प्रतिस्पर्धामा छन् । 

जिल्ला सभापतिका अर्का उम्मेदवार विष्णुकुमारको टिमबाट क्षेत्रीय कार्य समिति (प्रदेश ख) को सभापतिमा दिनेश घिमिरे, उपसभापतिमा महेन्द्र राई र रमाहाङ राई, सचिवमा समराज राई र प्रवीण राई, सहसचिवमा कमल प्रधान र राजकुमार बस्नेत अघि सरेका छन् ।

भूपेन्द्रको प्यानलबाट क्षेत्रीय कार्यसमिति (प्रदेश ख) को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा हरिबहादुर खड्का र रामचन्द्र केसी, सचिवमा बलराम राई र मोहन कटवाल, सहसचिवमा मणिराज खत्री र शिव राई उम्मेदवार बनेका छन् ।  

जिल्ला सभापतिमा पौडेल र कोइरालाको एलायन्स भएको छ। त्यही एलायन्सले मात्र दुवै क्षेत्रमा उम्मेदवार अघि सारेको छ । सर्वधनले क्षेत्रीय कार्य समिति (प्रदेश ख) मा आफ्नो छुट्टै टिम बनाएका छैनन् । भूपेन्द्रले क्षेत्रीय कार्य समिति (प्रदेश क) मा आफ्नो प्यानल बनाएका छैनन् ।

क्षेत्रीय कार्यसमिति (प्रदेश ख) मा देउवा, पौडेल र कोइरालाको सहकार्य भएको स्रोत बताउँछ । यसो हुँदा (प्रदेश ख) मा भूपेन्द्र एक्लैले अन्य प्यानलसँग भिड्नुपर्ने देखिएको छ ।

(प्रदेश क) मा आफ्नो छुट्टै उम्मेदवार नउठाएका भूपेन्द्रको टिमले सर्वधनको टिमलाई सहयोग गर्ने सम्भावना छ । केन्द्रमा देउवा निकट भए पनि जिल्लामा सर्वधन र रविप्रकाशको दूरी टाढा  छ । 

क्षेत्रीय कार्यसमिति (प्रदेश क) को अधिवेशन हलेसीमा र क्षेत्रीय कार्यसमिति (प्रदेश ख) को अधिवेशन सिमपानीमा हुँदै छ । क्षेत्रीय कार्य समितिको अधिवेशनले सात पदाधिकारी र १६ प्रदेश अधिवेशन प्रतिनिधि चयन गर्ने कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।

क्षेत्रीय अधिवेशनमा ७/७ सय क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने छन् ।


कस्तो लाग्यो ?

यो पनि