बैशाख १३, २०८१, बिहीबार
               

अब पेशी गोला प्रणालीबाट, 'विद्रोही' न्यायाधीश काममा फर्कने !

नेपाल फ्ल्यास
मंसिर ०२, २०७८

ADVERTISEMENT

सर्वोच्च अदालतमा अब गोला प्रणालीबाट पेसी तोकिने भएको छ । 

आज बिहीबार बसेको फुलकोर्टको बैठकले गोला प्रणालीमा जाने निर्णय गर्दै यस सम्बन्धी कार्यविधि स्वीकृत गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै इजलाश बहिस्कार गर्दै आएका न्यायाधीशहरू समेत बिहीबार फुल कोर्ट बैठकमा सहभागी थिए । 

बैठकले गोला प्रथा प्रणालीसँग सम्बन्धित नियमावली र निर्देशिका स्वीकृत गरेको हो । नियमावली र निर्देशिका राजपत्रमा प्रकाशित भएपछि लागू हुने छ । त्यसपछि न्यायाधीशहरूले मुद्दा हेर्ने समझदारी बनेको छ । 


कस्तो लाग्यो ?

यो पनि