बैशाख २८, २०८१, शुक्रबार
               

वकिलले दादागिरी देखाए : ओली

नेपाल फ्ल्यास
कात्तिक २९, २०७८

ADVERTISEMENT

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनिल थापा कांग्रेसमा प्रवेश गरेसँगै २०३६ सालको छिन्ताङ हत्या काण्डको जिम्मा कांग्रेसले लिनुपर्ने बताएका छन् । 

धनकुटाको छिन्ताङमा एमालेले आयोजना गरेको सहिद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०३६ सालको छिन्ताङ हत्या काण्डको आरोप सूर्यबहादुर थापाले गरेको त्यसको भाग लिएर सुनिल थापा कांग्रेसमा प्रवेश गरेकाले अब त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने बताएका हुन् । 

सर्वोच्च अदालतमा भइरहेको विवादका विषयलाई लिएर अध्यक्ष ओलीले सरकारको कारणले न्यायालयमा विवाद बढेको बताए। ओलीले अहिले न्यायाधीश मुद्दा नहेरेको र वकिलले दादागिरी देखाएको आरोप लगाए ।  

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर पुन सरकारको नेतृत्वमा आउने उनको दाबी छ । सहिद स्मृति सभालाई सम्बोधन अध्यक्ष ओलीले सहिद र तिनका परिवारको सपना साकार पार्न लागिरहने प्रतिबद्धता जनाए । 


कस्तो लाग्यो ?

यो पनि