बैशाख १३, २०८१, बिहीबार
               

देउवाले घरमा पार्टीको बैठक राखेको भन्दै प्रकाशमानको आपत्ति

नेपाल फ्ल्यास
कात्तिक २९, २०७८

ADVERTISEMENT

काठमाडौं  । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले आफ्नो घरमा पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेको भन्दै विरोध गरेका छन् । नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रिय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाइनु गलत भएको बताए । 

नेपाली काँग्रेस जिल्ला कार्य समिति, काठमाडौंले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कसैले बूढानीलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा आइतबार केन्द्रीय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाए । 

नेता सिंहले सभापति देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरू मान्य नहुने चेतावनी समेत दिए । उनले सत्ताको दुरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेलधुरामा गरिएको अधिवेशन मान्न नसकिने अडान राखे । 
नेता सिंहले क्रियाशील सदस्यताको विवाद देखिएको ठाउँमा पुरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टी केन्द्रिय कार्य समिति बैठकले गरेको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिए । 

विधि र नियम उलंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेकाले आफूहरुले राजनीतिक न्यायको खोजी गर्नु परेको पनि उनले बताए । उनले पार्टी नेतृत्वले अव महाधिवेशन सार्ने अवस्था भने नरहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि