बैशाख ०८, २०८१, शनिबार
               

लेबी नबुझाए कांग्रेसको महाधिवेशनमा उम्मेदवारबाट बन्चित

नेपाल फ्ल्यास
कात्तिक २९, २०७८

ADVERTISEMENT

लमजुङ । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा पार्टीमा लेबी नबुझाउने कार्यकर्ता उम्मेदवार बन्न पाउने छैनन् । कांग्रेस लमजुङको बैठकले पार्टीमा लेबी बुझाए मात्र उम्मेदवारी दिन पाउने निर्णय गरेको हो ।

बैठकले पार्टीको जिल्ला कार्यसमिति र क्षेत्रीय समितिको विभिन्न पदमा रहने पदाधिकारी एवं सदस्यले लेबी नबुझाएसम्म आगामी अधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको जिल्ला सभापति भेषबहादुर पौडेलले बताए ।

अधिवेशनमा क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रदेश क्षेत्रीय प्रतिनिधि वा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बन्न अनिवार्य लेबी बुझाउनुपर्ने निर्णय भएको उनले बताए ।

कांग्रेस लमजुङका अनुसार पार्टीमा जिल्ला कार्यसमितिमा रहेका पदाधिकारी एवं सदस्यले ५ हजारदेखि १५ हजार सम्म लेबी बुझाउनुपर्ने विधानतः प्रावधान  छ भने क्षेत्रीय समिति पदाधिकारी एवं सदस्यले पनि ३ हजार रुपैयाँ लेबी तिर्नुपर्ने प्रावधान छ ।

सो बाहेक पार्टीका तर्फबाट निर्वाचित स्थानीय तह वडा अध्यक्ष एवं वडा सदस्यले पनि पार्टीमा लेवी तिर्नुपर्ने वैधानिक प्रावधान रहेको कांग्रेसले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि