बैशाख १४, २०८१, शुक्रबार
               

वकिलहरुको अवरोधका बीच प्रधानन्यायाधीश छिरे सर्वोच्च

नेपाल फ्ल्यास
कात्तिक २८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल बार एसोसिएसनका वकिलहरुको अवरोधका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत छिरेका छन् । उनी आइतबार बिहान १० बजेर ४४ मिनेटमा सर्वोच्च छिरेका हुन् ।   नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिने नीति अख्तियार गरेपनि उनी अदालत प्रवेश गरिछाडेका हुन् । 

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका बहुमत न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसन तीन सातादेखि आन्दोलनमा उत्रिँदै आएका छन् । शुक्रबार पनि चोलेन्द्र चोरबाटो हुँदै सर्वोच्च छिरेका थिए । 
चोलेन्द्र सर्वोच्च प्रवेश गरिसकेपछि पनि वकिलहरुले पूर्वनिर्धारित कार्यक्रमअनुसार अदालतमा धर्ना दिने कार्यक्रम जारी राखेका छन् । 


कस्तो लाग्यो ?

यो पनि