जेठ ०६, २०८१, आइतबार
               

निर्वाचन आयोगद्वारा रवीन्द्र मिश्र पक्षले गराएको निर्णयलाई वैधानिकता

नेपाल फ्ल्यास
कात्तिक १८, २०७८

ADVERTISEMENT

विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले गराएको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

पार्टीको विधान संशोधन र केन्द्रीय समितिमा हेरफेर लगायतका निर्णयमा आयोगले अद्यावधिक गरेपछि मान्यता पाएको पार्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् ।

मिश्र पक्षले गरेको निर्णयलाई पार्टीका संयोजक मिलन पाण्डे पक्षले अवैधानिक भएको भन्दै विरोध गर्दै आएको छ । यद्यपि आयोगले मिश्रको निर्णयलाई वैधानिकता दिएको छ ।

यता विवेकशील साझा पार्टीका अधिकार खोसिएका संयोजक पाण्डले अध्यक्ष रविन्द्र मिश्रले डाकेको केन्द्रीय कमिटीले संशोधन गरेको विधानलाई निर्वाचन आयोगले दिएको मान्यताप्रति आपत्ति जनाएका छन्। 

उनले जुन मिटिङमा भएको केन्द्रीय कमिटी बैठकलाई छानबिन नै नगरि निर्वाचन आयोगले हतारहतारमा अध्यावधिक गरेको भन्दै छानविनका लागि उजुरी दिने त्यो नभएर अदालत जाने बताएका छन्। 


कस्तो लाग्यो ?

यो पनि