बैशाख ०८, २०८१, शनिबार
               

भक्तपुरको एकै नगरमा आज ओली, दाहाल र नेपाल सम्बोधन गर्दै

नेपाल फ्ल्यास
कात्तिक १८, २०७८

ADVERTISEMENT

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । आ-आफ्नो पार्टीको छुट्टा छुट्टै कार्यक्रमलाई नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको मध्यपुर थिमि नगर संगठन कमिटीले गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम बालकुमारी थिमिमा हुनेछ ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपुर थिमिमै सम्बोधन गर्ने कार्यक्रम छ । मध्यपुर थिमि नगरपालिकाको ‘गन्तव्य मध्यपुर थिमि’ तस्बिर पुस्तक विमोचन पनि गर्ने कार्यक्रम छ । कार्यक्रम मध्यपुर थिमि ४, निगुपुखमा १ बजे हुनेछ ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि थिमिमै सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीको मध्यपुर थिमि नगर कमिटीको नेपाल संवत् ११४२ (नयाँ वर्ष) तथा शुभ दीपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा नेपाल संवतका प्रवर्तक, राष्ट्रिय विभूति शंखधर साख्वा: को प्रतिमामा माल्यार्पण कार्यक्रममा सम्बोधन गर्नेछन् । कार्यक्रम शंखधरचोक, मध्यपुर थिमिमा दिउँसो साढे १ बजे हुनेछ ।

थिमिमा ओली र प्रचण्डको कार्यक्रम लगभग एकै समयमा परेको छ ।

त्यसैगरी नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टीको मध्यपुर थिमि नगर कार्यसमितिले शुभ दीपावली, नेपाल संवत् ११४२ तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम बिहान ८ बजे मध्यपुर थिमि-५  भुलांखेलमा हुनेछ ।

 

यो पनि