जेठ ०१, २०८१, मंगलबार
               

प्रधानमन्त्री देउवासँग आइएमओका महासचिवको भेटवार्ता

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

 प्रधानमन्त्री शेरबहादुर देउवासँग अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आइएमओ) का महासचिव किटैक लिमले शिष्टाचार भेटवार्ता गरेका छन् । 

संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुईदिने विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन आएका उनीसँग महासचिव लिमले आज ‘साइडलाइन’ भेटवार्ता गरेकाे हाे ।

भेटवार्तामा उनीहरुबीच समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने सम्बन्धमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए । 

म्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा यही कात्तिक १२ गते राति संयुक्त अधिराज्य पुगेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि