बैशाख १२, २०८१, बुधबार
               

प्रधानन्यायाधीशसँग न्यायाधीशहरूको कुरा मिलेन, स्थिति झनै जटिल मोडमा

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले चैतमा राजीनामा गर्ने भनेपछि न्यायाधीशहरूसँगको संवाद सार्थक बनेन । 

प्रधानन्यायाधीशले अलमल्याउन खोजेको भन्दै न्यायाधीशहरू अब बन्दी प्रत्यक्षीकरणको मुद्दाको समेत सुनुवाइ नगर्ने भएका छन् ।

न्यायाधीशहरूको आजको बैठकले सम्मानजनक बहिर्गमनको प्रस्ताव अलमल्याउने बाटो मात्र भएको निष्कर्ष निकालेको हो ।

प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइलाई न्यायाधीशहरू काममा फर्किएको भनी सन्देश दिने गरी प्रचार गरेको भन्दै अब ती मुद्दा पनि नहेर्ने भएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि